Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भूकम्पपीडित भन्छन् – घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

रासस २७८ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
भूकम्पपीडित भन्छन् – घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

आठबिसकोट (रुकुमपश्चिम), २० कात्तिक ।

चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो ।

“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाउनुभयो, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिनुभयो ।

“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भन्नुभयो, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।”

उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उहाँहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्यअवस्था सामान्य बनेको उहाँको भनाइ छ । “त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु ग¥यौँ ।”

भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उहाँले गुनासो गर्नुभयो । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उहाँले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गर्नुभयो ।

आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ । “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाउनुभयो, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उहाँका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उहाँले बताउनुभयो ।

भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उहाँले भन्नुभयो, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो ।

त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात प¥यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु प¥यो । “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु प¥यो”, गहभरी आँशु बगाउँदै मल्लले भन्नुभयो, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।”

सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उहाँले भन्नुभयो । विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गर्नुभयो ।

छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरुगर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution