Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा

रासस ५२३ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा

तनहुँ, १९ कात्तिक ।

बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो ।

बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ। दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।

बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । सानन जातको बाख्रा तनहुँसहित बत्तीस जिल्लामा निर्यात र करिब बाइस जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको सो कार्यक्रमले जनाएको छ ।

पोखराको लेकसाइड र काठमाडौँका होटलमा चीजको राम्रै माग भइरहेको कार्यक्रम संयोजक राजु कँडेलले जानकारी दिनुभयो । याक र गाईबस्तुको दूधबाट बनेको चीजको तुलनामा बाख्राको दूधबाट बनेको चीज गुणस्तरिय र मिठो हुने भएकाले बाख्राकै दूधबाट बनेको चीज खोज्ने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय बाख्राको दूध र चीज प्रयोग गर्ने सर्वसाधारणकोसमेत सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एकपटकमा चार लिटरसम्म दूध दिने क्षमताको हुन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएको छ । उक्त दूध सङ्कलन गरी चीज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको हो ।

कार्यालयले विसं २०७१ मा ५० माउ र सात बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा हाल अनुसन्धानका लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सयको हाराहारीमा बाख्रा छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution