Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

रासस ३९८ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १०, शुक्रबार (१ साल अघि)
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

गण्डकी, १० कात्तिक ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् ।
कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुु¥याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो ।
“किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुुभयो, “महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।”
महानगरपालिकाले उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको बताउँदै प्रमुख कडरियाले यसबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पु¥याउन सकिने विश्वास व्यक्त गर्नुुभयो ।
“केन्द्रमार्फत सङ्कलित कृषिउपजलाई कृषि एम्बुलेन्समा राखेर बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउँछ”, उहाँले भन्नुुभयो । विगत ११ वर्षदेखि ठूलढुङ्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएका विष्णुुप्रसाद पौडेलले तरकारी खेतीबाटै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत गर्दै आउनुुभएको छ ।
उहाँका फार्ममा मौसमी तथा बेमौसमी सबै किसिमका तरकारी उत्पादन हुने गरेको छ । राजमार्ग क्षेत्र भएका कारण उत्पादित समानको बजारीकरणमा समस्या नभएको बताउँदै पौडेलले महानगरपालिकाले सञ्चालनमा ल्याएको राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रले आफूहरूको उत्पादनको सहज बजारीकरणमा थप सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
“यस केन्द्रसँग यहाँका १६ कृषक समेटिएका छन्”, केन्द्रका अध्यक्षसमेत रहनुुभएका पौडेलले भन्नुुभयो, “केन्द्रको दायरालाई फराकिलो बनाउँदै उपल्लो खाल्सेलाई पनि जोड्ने हाम्रो लक्ष्य छ ।” यहाँको उपल्लो खाल्सेमा ठूलो सङ्ख्यामा स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।
उहाँले ठूलढुङ्गाको १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएको छ । पौडेलको फार्मबाट प्रत्येक महिना १०÷१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।  अर्का कृषक कुुमार खड्काले आफ्नो फार्ममा काँक्रो, घिरौँला, लौका, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर आदि लगाउँदै आउनुुभएको छ ।
उहाँले सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्दै आउनुुभएको छ । सुुरुमा सिमी खेतीबाट व्यावसायिक कृषि थालेको बताउँदै खड्काले पछिल्ला समयमा मौसमी तथा बेमौसमी सबै किसिमका खेती गर्दै आएको जानकारी दिनुुभयो ।
अर्का कृषक भीमप्रसाद पौडेल करिब साढे पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएको छ । केन्द्रका उपाध्यक्षसमेत रहेका उहाँले तरकारी खेतीका साथै कुखुरापालन, बाख्रापालन पनि गर्दै आउनुुभएको छ । तरकारीसहित कुखुरा तथा बाख्रा पालनबाट पौडेलले वार्षिक रु पाँच/छ लाखसम्म बचत गर्दै आएको सुनाउनुुभयो ।
ठूलढुङ्गामा नै दुुईवटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएकी मनकुुमारी गुुरुङ यस क्षेत्रमा पानीको समस्या रहेको गुनासो गर्नुभयो । बत्ती र पानीको उचित प्रबन्धसँगै बाँदरको व्यवस्थापन हुनसके उत्पादनमा समस्या नरहेको उहाँको भनाइ थियोे ।
उक्त केन्द्र सञ्चालनले आफूूहरूका उत्पादनले  सहजरुपमा बजार पाएपनि  पानी, बत्तीजस्ता आधारभूत आवश्यकतामा राज्यका तर्फबाट सहयोग आवश्यक भएको गुरुङले उल्लेख गर्नुुभयो । ठूलढुङ्गा क्षेत्रमा मात्रै ४० वटा टनेलमा तरकारीजन्य उत्पादन भइरहेको छ ।
पोखरा महानगरपालिका–२२ अन्तर्गत सिद्धार्थ राजमार्ग आसपास क्षेत्रमा पछिल्लो समयमा व्यावसायिक कृषिप्रति आकर्षण बढिरहेको वडा कृषि सञ्जालका अध्यक्ष देवीलाल बरालले बताउनुुभयो । “वडाभित्र एक सय ५० भन्दा बढी सङ्ख्यामा कृषक व्यावसायिक कृषिमा लागेका छन्”, उहाँले भन्नुुभयो, “यहाँ १५ भन्दा बढी  समूहगतरुपमा कृषक आबद्ध छन् ।”
कृषिप्रतिको व्यावसायिक आकर्षणलाई लक्ष्य गरी राज्यका तर्फबाट निरन्तर साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताउनुुभयो । पोखरा महानगरपालिकाले उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणसँगै उनीहरूलाई यसतर्फ प्रोत्साहित गर्न विभिन्न ३५ वटा कृषिजन्य वस्तुको न्युनतम समर्थन मूल्य समेत तोकिसकेको महाशाखा प्रमुख कडरियाले बताउनुुभयो ।
उहाँका अनुसार महानगरभित्रका विभिन्न स्थानमा उत्पादित कृषिजन्य वस्तुका लागि २५ वटा सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालनमा आइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

  • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution