Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

रासस ५५६ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ९, बिहिबार (१ साल अघि)
सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

दमौली, ९ कात्तिक ः तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ ।

राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढीे निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष खनालले भन्नुभयो, “यहाँ मनोरम ढुङ्गाका आकृति, बेलको रुखमा ग्लास हाउस, मानिसलाई विश्रामका लागि गोल घरपाटी छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौँ ।”

नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रमअनुसार यहाँ बाघको मूर्तिसहितको उद्यान निर्माण गरिएको हो ।”

उक्त कार्यालयको रु पाँच लाख र वाराही सामुदायिक वनको रु एक लाख २५ हजार गरी रु छ लाख २५ हजारमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोजस्थल पनि बनाउने लक्ष्य छ ।

उक्त कार्यालयले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयको सहयोगमा भिमाद नगरपालिका–९ मोहोरिया र व्यास नगरपालिका–४ सिमलटारमा हरित पार्क निर्माण गरिएको छ । वडानं २ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि घरसहितको पार्क बनाइएको छ ।

पार्कलाई हरियाली बनाउन डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र सरसफाइ गरिएको छ । उक्त पार्क वरिपरि बहुवर्षीय पारिजात, म्याङ्गोस्टिक, कपुर र धुपीका करिब दुई सय बिरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution