Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा

रासस ५८१ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ३, शुक्रबार (२ साल अघि)
Post Thumbnail

काठमाडौँ, ३ कात्तिक ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताउनुभएको हो ।

नेपाली कांग्रेसकी नेतृ डा राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै सभापति डा राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

नेपाल जैविध विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पती र जीवहरु छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव तीन प्रतिशत हिस्सा हो ।

अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरुको कमजोर कार्यान्वयन, दिगोपनारहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उहाँको भनाइ छ । उहाँले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले विकास तथा प्रकृति संरक्षणका क्षेत्रमा एकीकृत, समावेशी र समन्वयात्मक कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनका कारण परेको प्रभावको अनुसन्धान र यसको हानी न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अपनाउन नेपाल सरकारलाई सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution