Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’

रासस १३२३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २३, मंगलबार (३ साल अघि)
शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’

काठमाडौँ, २३ असोज ।

शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक नेतृत्व र स्वार्थ समूहले विद्यार्थी सङ्गठनमा ‘फुटाउ र राज गर’को नीति लाद्ने कार्य गरिरहेको सन्दर्भलाई कसरी सामना गर्ने भन्ने चिन्ता उनीहरुको थियो ।

जस्तोसुकै समस्या परे पनि आफूहरुले अन्तिमसम्म शैक्षिक असमानताविरुद्धको लडाइँ नछाड्ने अठोट व्यक्त गरिएका कुराकानी सुनिरहेकी चिया पसल सञ्चालक दिदीले गहभरी आँशु पारेर सोध्छिन्, “बाबु, अर्को छोरो पनि पढ्नका लागि विदेश जान्छु भन्छ, कुन देश पठाउने होला ? के हाम्रा छोराछोरी पढाउन नेपालमै कुनै कलेज छैनन् ? तिनीहरु यहीँ पढेर यहीँ जागिर गरेर बाबुआमालाई हेर्न सक्दैनन् ? ”

ग्राहकका लागि चिया उमाल्दा उमाल्दै आफ्नो जीवन नै उम्लिसकेको बोध सुनाउँदै ती चिया बेच्ने दिदीले गम्भीर प्रश्नहरु तेस्र्याएपछि विद्यार्थी नेताहरु नाजवाफ हुन्छन् । यही असामानताको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी नेताहरुसँग यसको चित्तबुझ्दो जवाफ हुँदैन । उनीहरुसँग एउटै सङ्कल्प छ, ‘‘शिक्षामा भइरहेको विभेद् र माफियाकरण अन्त्य हुनुपर्छ । त्यसका लागि एक्लै भए पनि लड्न छाडिँदैन ।’’

शिक्षामा धनी र गरिबबीचको समानताको सन्देशसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको नाटक ‘कालो अक्षर, रातो अक्षर’ले शैक्षिक असमानता र बेथितिका यस्ता अनगिन्ती प्रश्न उजागर गर्दै यथार्थ स्थितिको चित्रण गरेको छ ।

नेपालको संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क भनिए पनि सार्वजनिक विद्यालय गुणस्तर कमजोर हुने र निजी विद्यालयमा महँगो शुल्क लाग्ने गरेका कारण अभिभावक र विद्यार्थी मारमा परेको तथा शैक्षिक जनशक्ति बेरोजगार भई विदेश पलायन हुनुपरेको पीडा नाटकमा देखाइएको छ ।

नाटकमा शैक्षिक व्यापारिक र स्वार्थ समूहसँग मिलेर राजनीतिक नेतृत्वले शैक्षिक समानताको आन्दोलन दबाउन खलनायकको भूमिका निर्वाह गर्दा विद्यार्थी र युवा छाउने निराशा, कुण्ठा र आक्रोसलाई अभिव्यक्ति गरिएको छ ।

विद्यार्थी कार्यकर्ता आन्दोलनमा प्रहरीको दमन खेपेर जीवन मरण र घाइतेसम्म भएका छन् । स्वार्थ समूह भने कसरी आन्दोलन निस्तेज पार्ने र राजनीतिक नेतृत्वलाई प्रयोग गरेर आफू अनुकूलका शैक्षिक नीति ल्याउन लगाउने भन्नेमा तानाबाना बुनिरहेको हुन्छ ।

स्वार्थ समूहले पैसा भएमा जे पनि हुन्छ भन्ने धाक दिँदै राजनीतिक नेतृत्व आन्दोलनकारीलाई मिलाउन वा ठीक पार्न थैली बुझाएर दबाब दिइरहेका हुन्छन् । तर विद्यार्थी आन्दोलन त्यस्ता धम्कीबाट गल्दैन । एउटा मरेर आन्दोलन मर्दैन, आन्दोलनमा अरु यात्रीहरु थपिनेछन् भन्ने भावको गीत गाएर विद्यार्थीहरुले क्रान्तिको मुठ्ठी कस्छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पना, आरके थोमसको लेखन र दिलीप खड्काको निर्देशन रहेको सो नाटकले शैक्षिक क्षेत्रका बेथितिविरुद्ध आवाज बुलन्द गर्दै बक्स थिएटरका माध्यमबाट नयाँ शिराको आन्दोलनको सन्देश दिएको अध्यक्ष बडालले बताउनुभयो । बत्तीस पुतली स्थित शिल्पी थिएटरमा यही असोज १७ गतेदेखि असोज २७ गतेसम्म दिन साँझ प्रदर्शनमा राखिएको सो नाटक राजनीतिक दलका नेता, विद्यार्थी नेता, शिक्षाकर्मी, पेसाकर्मीले रुचिपूर्वक हेरिरहेका छन् ।

नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, सङ्गीता थापा, सञ्जिव राई, सुजैन सिलवाल, सुदिप खतिवडा, शान्ता राई कलाकारहरु हुनुहुन्छ ।

सो सङ्गठनका उपाध्यक्ष नारायण घर्तीका अनुसार हालसम्म नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, कैलाश ढुङ्गेल, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई, नवीना लामा, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चाकुमारी सिंहलगायतका विद्यार्थी नेताहरुसमेत गरी करिब एक हजार पाँच सयभन्दा बढीले नाटक हेरिसक्नुभएको छ । उपाध्यक्ष घर्तीले चाडपर्वपछि नाटकलाई प्रदेशस्तरमा पनि प्रदर्शनको योजना रहेको जानकारी दिनुभयोे ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution