Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लोकतान्त्रिक गणतन्त्र माथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

रासस १४०३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २०, शनिबार (२ साल अघि)
लोकतान्त्रिक गणतन्त्र माथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ, २० असोज ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको सङ्कट दक्षिण पन्थी वा वामवन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, माक्र्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।” आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेको तर्फ पार्टी पङ्क्तिलाई सजग गराउनुभयो ।
दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्तिको परिणाम भनेको शक्तिशाली प्रतिक्रान्तिद्वारा ठीक बाटो पक्रेर अघि बढ्नुभएको बताउनुभयो । क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै उहाँले एक पटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको उल्लेख गर्नुभयो ।
पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले पार्टीको हित नगर्ने बताउनुभयो । पार्टीले अगाडि बढाएका आर्थिक विकासका मुद्दामा सहयोग र समर्थन गर्न आग्रह गर्दैै उहाँले माक्र्सवादको प्रयोगद्वारा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
लेखक कार्कीले भन्नुभयो, “माक्र्स–लेनिनले गरेको व्याख्या र विश्लेषण हो, शान्ति र अहिंसाको बाटो हिँडेपछि सादगी र सरल जीवन बिताउन सहज हुन्छ, त्यो पाटोलाई हामीले जोगाइरहनुपर्छ ।” टिप्पणीकार झलक सुवेदीले मुलुकमा अहिले भइरहेका क्रियाकलाप, राज्य व्यवस्था र देशले अङ्गीकार गरेको बाटोको विकल्प के हुनसक्छ भनी पुस्तकमा प्रस्तुत गर्न खोजिएको बताउनुभयो ।
बुकहिल प्रकाशनले बजारमा ल्याएको ‘विकल्प स् समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकमा शान्ति प्रक्रियादेखि नेकपा विभाजनसम्मका अवधिमा भएका घटना समेटिएका छन् । पुस्तकका ३३ लेखका माध्यमबाट लेखक कार्कीले दुनियाँलाई बुझ्ने माक्र्सवाद, निष्ठा र प्रतिबद्धता विषयवस्तुको उठान गर्दै पुँजीवादको विकल्प समाजवाद नै हो भन्ने पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।
उक्त कृति अध्यक्ष दाहालका साथै द्वन्द्व कालमा जीवन गुमाएका र  बेपत्ता भएका व्यक्तिका सन्ततिले सामूहिकरूपमा विमोचन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

  • म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution