Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दसैँका लागि माटोका सामग्री तयार हुँदै

रासस ३०७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
दसैँका लागि माटोका सामग्री तयार हुँदै

भादगाउँ भक्तपुर, १८ असोज ।

भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गरिने माटोका सामग्री बनाउन उहाँको परिवार अहिले व्यस्छ छ।

“दसैँ नजिकिदै छ । काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाको माग अनुसार सामान बनाउन थालेका छौँ । अझै धेरै बनाउन बाँकी छ”, प्रजापतिले भन्नुभयो, “अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । शनिबारको दिन छोराछोरीलाई पनि काममा लगाइराखेका छौँ ।”

श्रीमती र छोराछोरीसहित घटस्थापनका दिन पुजा कोठामा राख्ने गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरती लगायत सामग्री बनाउन व्यस्त भएको उहाँले बताउनुभयो ।

प्रजापतिका अनुसार जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । बिहान चार बजेदेखि दसैँका लागि माग अनुसारका सामग्री बनाउन व्यस्त छन् ।

दसैँ र तिहारको समयमा माग गरिएका सामग्र्री समयमा पु¥याउन सके वर्षभरी अरु बेला खासै व्यस्त हुन नपर्ने राजकृष्णले बताउनुभयो । “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट पर्वका लागि आवश्यक माटोका सामग्रीको माग छ”, उहाँले भन्नुभयो, “ती सामग्री समय पु¥याउन सके अरु बेला खासै व्यस्त हुन पर्देन । हामीले बढी दुःख गर्ने भनेको दसैँं र तिहारका लागि हो । यो समयमा मागअनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।”

बजारमा विभिन्न आधुनिक सामान आए पनि दसैँतिहारमा माटोका सामग्री बढी प्रयोग हुने गरेकाले यसको व्यापार निकै फस्टाएको व्यापरी बताउँछन् । यो व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ता पनि आर्कषित भएका राजकृष्ण बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा रू १ देखि १२ सय सम्मका पर्व सामग्र्री उत्पादन हुने गरेका छन् ।

चाडपर्वको समय भक्तपुर तालक्व र सुजमारीको कुम्हालेका साथै लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेका परिवार पनि माटोका सामान बनाउन व्यस्त देखिन्छन् । यहाँ उत्पादित पर्व सामग्रीहरु उपत्यकाका साथै बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने गरेको व्यवासायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

  • ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

  • अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

  • पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    ‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution