Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

रासस ४४१ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १३, शनिबार (१ साल अघि)
कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

गलकोट (बागलुङ), १३ असोज ।

यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् ।

आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाउनुभयो । उहाँले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहनुभएको छ ।

सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाउनुभएको छ । उहाँले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाउनुभएको छ ।

“व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ”, सापकोटाले भन्नुभयो, “बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।”

उहाँले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहनुभएको छ भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहनुभएको छ । “गत जेठमा मात्रै रु दुई लाखको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग सुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो”, उहाँले सुनाउनुभयो । उहाँले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिनुभएको छ ।

“प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।” उहाँका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया हुनुहुन्छ ।

“पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ”, उहाँले भन्नुभयो, “तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक रु पाँच लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।”

उहाँ यतिबेला कृषि फार्म बिस्तारको योजना बनाउनुभएको छ । फार्मलाई पूर्णरुपमा विषादी मुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्नुहुन्छ । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आउनुभएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उहाँले बताउनुभयो ।

सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आउनुभएको छ । सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि हुनुहुन्छ । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution