Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

रासस ५२० पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ८, सोमबार (२ साल अघि)
आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

काठमाडौँ, ८ असोज
आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधा सम्पन्न भवन पर्न थालेका छन् ।

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । यसले पनि दर्शकको रोजाइलाई प्रस्ट्याउँछ ।

प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सानो क्षमताका भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्, पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।”

उहाँले नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भए तापनि विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिनुभयो । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ, अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पु¥याउनेतर्फ हामी केन्द्रित छौँ”, महासचिव महर्जनले भन्नुभयो ।

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन्भन्दा फरक पर्दैन, दर्शक त्यस्ता हलमा जानै छाडेका छन्, उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

  • राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution