Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १४, बुधबार ६ : ०२ : २०
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

रासस ३२१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २५, सोमबार (१ साल अघि)
वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

काठमाडौँ, २५ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ । सोमबार र मङ्गलबार गरी दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित हुनुहुन्छ ।

अन्तरक्रियामा कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तरक्रियात्मक रिपोर्ट राख्नुभएको थियो । अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासन सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

भण्डारीले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा श्रम बजार र आप्रवासनसम्बन्धी वर्तमान अवस्था, विप्रेषण र यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारी, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति उल्लेख छ ।

साथै राहत, उद्धार र कल्याणकारी कार्यको सञ्चालन, कानुन प्रतिरक्षाको अवस्था, श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, संस्थागत व्यवस्था र श्रम सहचारीको अवस्था, दक्षिण कोरियाको ई–७ भिसा विशेष, जापानको निर्दिष्ट सीपयुक्त कामदारसम्बन्धी अवस्था, अभिलेख नभएका श्रम आप्रवासीको अभिलेखन गर्नेबारे पनि प्रतिवेदनमा समेटिएको छ ।

घरेलु कामदारसम्बन्धी सवाल, सरकार सरकारबीच सम्झौताबाट श्रमिक आपूर्ति, सामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धमा, विशिष्टिकृत श्रम, सीप, तालिम र भाषा विशेषको परीक्षणबारे, परामर्शदाताको अधिकतम सेवा शुल्क सम्बन्धमा, विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट देश भित्र्याउने सम्बन्धमा, शैक्षिक परामर्श र ट्राभल एजेन्सीबाट अनेक स्वरूपमा विदेसिने समस्याबारे, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावनाबारे, अपेक्षित उपलब्धि र परिणाम लगायतका विषयहरू पनि समेटिएको छ ।

अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ । साथै नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्या उल्लेख गर्दै त्यसको समाधानका विकल्प प्रस्तुत गरिएको छ ।

अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कूटनीतिक नियोगको प्रभावकारितालगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुनेछ ।

अन्तरक्रियामा अष्ट्रियाका लागि नेपाली राजदूत भरत गौतम, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, जापानका लागि नेपाली राजदूत दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल, मलेसिया लागि नेपाली राजदूत डिल्लीराज पौडेल, कतार लागि नेपाली राजदूत नरेशविक्रम ढकाल सहभागी हुनुहुन्छ ।

साथै बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स्का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, साउदी अरेयिबाका लागि नेपाली राजदूत नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश ९एनपी साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू उपस्थित हुनुहुन्छ।

अन्तरक्रियामा मङ्गलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

    मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

  • रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

    रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

  • भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

  • भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

    मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

    रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

    रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution