Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटियो

रासस ५२१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटियो

चितवन, १७ भदौ

चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ ।

“हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भन्नुभयो– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ ।

यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ ।निकुञ्जभित्र ६७ पोष्ट छन् ।

निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोष्टबाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ । कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन् ।

वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ । गाडी नचल्दासमेत नियमित गस्ती गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution