Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित

रासस ५३५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित

काठमाडौँ, १७ भदौ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

यससँगै छ अङ्क जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो ।

भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो ।

भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन भने कविता कुँवर, खुसी डङ्गोल र रुबिना क्षेत्रीले समान एक/एक विकेट झारे लिए । नेपालले अब सोमबार कतारसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution