Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौँ : वर्षमान पुन

रासस ५५८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौँ : वर्षमान पुन

काठमाडौँ, १२ भदौ ।

सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताउनुभएको हो ।

“नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस्”, पुनले संसद्मा भन्नुभयो ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको उल्लेख गर्नुहुँदै पुनले त्यही रुपले आपसी सद्भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने पनि बताउनुभयो ।

विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको र यो समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा पनि पुनले जोड दिनुभयो । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुपनुपर्ने उहाँको भनाइ छ । नेपालको संविधान, विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको परिपालनामा प्रतिबद्ध हुनुपर्नेमा पनि पुनले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको नीतिको परिपालनाका लागि पनि जोड दिनुभयो । यसका लागि सरकारले चालेका कदमलाई सबै पक्षबाट सहयोग र समर्थन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग हुन नहुने पनि उहाँले उल्लेख गर्नुभयो । कसैलाई आग्रह र पूर्वाग्रह राखेर सरकारले काम गर्न नहुने उहाँको भनाइ छ ।

त्यस्तै, सामाजिकको सञ्जाल दुरुपयोग गरी सामाजिक सद्भाव बिथोलिन सक्नेबारे पनि सबै पक्षको ध्यान जान जरुरी रहेको पुनले बताउनुभयो ।

सङ्क्रमणकालीन न्याय निरुपण र द्वन्द्वपीडितलाई न्याय दिनेतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । मनसुनी विपद्का लागि सरकारले काम गरिरहेको भए पनि त्यो पर्याप्त नरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

  • Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

  • स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

  • भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १२ गते शनिबार

    २०८२ पुस १२ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution