Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

रासस ४४४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

काठमाडौँ, १२ भदौ ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो ।

गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताउनुभयो । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्वपदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उहाँको भनाइ थियोे ।

नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ ।

खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउनुभयो ।

दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ ।

कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखँुचा खोला कायम हुँदा बाढीको समस्या कम हुन थालेको स्थानीयवासी वाङ्छी शेर्पाले बताउनुभयो । खोला पुरेर ढल हालेपछि भने वर्सातका समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गर्दा यस वर्ष एक बालकलाई बाढीले बगाएको थियो । विगत वर्षमा पनि बर्खायाममा प्रायःजसो यहाँ दुर्घटना हुने गरेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

  • Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

  • स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

  • भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १२ गते शनिबार

    २०८२ पुस १२ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    Post Thumbnail

    चितवनमा ज्येष्ठ नागरिकका लागि आवास केन्द्र सञ्चालन

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution