Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

रासस ५९८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ३, आईतबार (२ साल अघि)
बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

बागमती, ३ भदौ 

बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ र धादिङमा तीन हजार पाँच सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ।

साथै सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेपलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ , तथा रसुवामा एक हजार एक सय ८८ पशुचौपायामा अर्थात गोरु तथा बाच्छावाच्छीमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी स¬ङ्क्रमित भएका छन् ।

प्रदेशको आठ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमार्फत खोपकर्ता नियुक्त गरिएको थियो । जस अन्तर्गत एक हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा लम्पी स्कीन विरुद्ध खोप लगाएका छन् ।

अभियान अन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरीसमेत गराउने गरेको उहाँले बताउनुभयो । प्रदेशमा अझै पनि एक लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउनु बाँकी छ ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताउनुभयो ।

नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको सङ्क्रमण देखिएको थियो । लम्पी स्किन रोगको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा पशुचौपाया मरेका छन् भने दुग्ध उत्पादनमासमेत कमी आएको छ ।

गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने, घाउँ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्य देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

  • आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

    आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

  • भक्तपुरमा केन्द्रीय गोदामघर तयार

    भक्तपुरमा केन्द्रीय गोदामघर तयार

  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २५ गते मंगलबार

    २०८२ कात्तिक २५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

    निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

    आजदेखि तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution