Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शनिबारे परिक्षा संचालन गर्दै बालमन्दिर मावि

प्रत्यूष ३७१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ३, आईतबार (२ साल अघि)
शनिबारे परिक्षा संचालन गर्दै बालमन्दिर मावि

धादिङबेशी । धादिङबेशीमा रहेको बालमन्दिर माविले विद्यार्थीहरुको शैक्षिक अवस्थालाई मध्यनजर गर्दे शनिवारे परिक्षा संचालन गर्न थालेको छ ।

शनिबारका दिन बिद्यार्थीहरु गर्मीमा पौडी खेल्न खोलातिर जाने, मोबाइल मात्रै हेरिरहने बानीमा कम गरी साथीभाई जम्मा भएर नराम्रो काम, कुलतमा नफसुन भनि शैक्षिक गुणस्तरलाई अझै सुधार गर्नका लागि नियमित रुपमा शनिबारे परिक्षा संचालन गर्न थालेको हो । बिद्यालयमा अध्ययनरत कक्षा ८, ९, १० का बिद्याथीहरुलाई बालमन्दिर माविले नियमित रुपमा शनिबारे परिक्षा संचालन गर्न थालेको छ ।

हिजो शनिबार कक्षा ८, ९ र १० का विद्यार्थीले क्रमश स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, अङ्ग्रेजी र नेपालीको परीक्षा दिएका थिए । अघिल्लो हप्ता हाम्रो नीलकण्ठ,सामाजिक र अङ्ग्रेजीको परीक्षा भएको थियो । आउँदो हप्ता शनिबार विज्ञान तथा प्रविधि, अनिवार्य गणित र ऐच्छिक प्रथम पत्रका परीक्षा सञ्चालन हुने बिद्यालय स्रोतले जानकारी दिएको छ । विद्यार्थीले आईतबार देखि शुक्रबार सम्म आफूले अध्ययन गरेको विषयमा कत्तिको पूर्णता हासिल भयो भनेर शनिबारे परीक्षाले निर्धारण गर्ने बताईएको छ ।

परीक्षा पश्चात हरेक उत्तरपुस्तिका परीक्षण गरी सम्बन्धित विद्यार्थीलाई पृष्ट पोषणका साथमा उत्तरपुस्तिका समेत देखाउने गरिएको छ । यो परीक्षालाई क्रमश कक्षा ६ र ७ मा पनि लैजाने योजना रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर राउतले जानकारी दिनुभएको छ । विद्यालयले शनिबारे परीक्षा लिई आफ्ना नानीबाबुको पढाइको स्तर अझै उकास्न लागेकोमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा गृष्मा गुरुङकी आमा सविना गुरुङ समेत दङ्ग हुनुहुन्छ । यो परीक्षालाई निरन्तरताका लागि समेत उहाँले आग्रह गर्नु भएको छ ।

शनिबारे परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि विद्यालय प्रशासनले विद्यालयका सहायक प्रधानाध्यापक बाबुकृष्ण श्रेष्ठ र विज्ञान शिक्षक सन्दिप अधिकारीलाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको बताइएको छ । तीन वटा कक्षाका विद्यार्थीलाई व्यवस्थित गर्नका लागि ८ वटा कक्षामा परीक्षा सञ्चालन भएको छ । संचालित परिक्षामा कम्तीमा ८ जना निरीक्षक व्यवस्था गरिएको बताइएको छ । शनिबार पनि आफ्नो कामलाई थाती राखी विद्यालय उपस्थित हुनु पर्दा निरास कत्ति पनि निराश नभएको विद्यालयकी शिक्षिका सविता अधिकारी बताउनु भएको छ । शिक्षिका सविता जस्तै अन्य सबै शिक्षक शिक्षिकाहरु शनिबार पनि बिद्यालय आउँदा खुसी नै रहेका देखिन्छन् ।

बिदाको दिनमा जम्मा ३ घण्टा समय विद्यार्थीलाई समय प्रदान गर्दा उनीहरूको शैक्षिक गुणस्तर सुधार हुन्छ भने हरेक शनिबार विद्यालय उपस्थित हुनका लागि तैयार रहेको शिक्षक शिक्षिकाले प्रतिवद्वता समेत गर्नु भएको बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादर राउतले दिनु भयो । सरकारी बिद्यालय भएर पनि पछिल्लो समय बालमन्दिर माविको शैक्षिक अवस्था सुधार उन्मुख भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution