Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २४, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

रासस ५३३ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २८, आईतबार (२ साल अघि)
नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २८ साउन 
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान गरिएको छ ।
साथै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
भोलि सोमबार देशभरका स–साना नदीहरुको बहाव बढ्ने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेको छ । यही साउन ३० गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्यासहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको छ । साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले नेपालमा मौसममा बदली भई वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

  • स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

  • कञ्चनजङ्घा आधार शिविर सुनसान

    कञ्चनजङ्घा आधार शिविर सुनसान

  • रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २३ गते बुधबार

    २०८२ पुस २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    कञ्चनजङ्घा आधार शिविर सुनसान

    कञ्चनजङ्घा आधार शिविर सुनसान

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution