Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बढ्दै छ गलैचा, कार्पेट, यार्सागुम्बादेखि अम्रिसो निर्यात

प्रत्यूष ४०२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १८, बिहिबार (२ साल अघि)
बढ्दै छ गलैचा, कार्पेट, यार्सागुम्बादेखि अम्रिसो निर्यात

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले रु २४ अर्बभन्दा बढी आम्दानी गरेको छ । भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा नेपालबाट रु ४१ अर्ब बढीको कार्पेट गलैँचा निर्यात भएको छ । गत आवमा २०७९र८० मा रु एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै रु सात अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा रु ८८ करोड ७० लाख २२ हजार, बेलायतमा रु ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा रु ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल रु नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७र७८ मा रु सात अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६र७७ मा रु छ अर्ब १५ करोड ७७ लाख छ हजारको तथा आव २०७५÷७६मा रु सात अर्ब ३६ करोड ९६ लाख ९५ हजारको गलैँचा विभिन्न देशमा निर्यात भएको छ ।

आठ अर्बको अलैँची निर्यात
विभागका अनुसार गत आवमा रु आठ अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आवमा रु आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा रु चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार थियो ।

विभागका अनुसार आव २०७७र७८ मा रु सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६÷७७ मा रु दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५र७६ मा रु दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार बराबरको अलैैची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ ।

कुकुर तथा विरालाको खानाको निर्यात बढ्दो
पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा विरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट रु १० अर्बको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।

गत आवमा मात्रै रु तीन अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा रु दुई अर्ब ९६ करोड ७६ लाखका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै रु २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, रु तीन करोड ९३ लाख ५६ हजार बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।

नेपालले अघिल्लो आवमा रु दुई अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा विरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८मा रु एक अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा रु एक अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५/७६ मा रु एक अर्ब पाँच करोड २८ लाख ७६ हजारको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ ।

पाँच वर्षमा रु तीन अर्बको अम्रिसो निर्यात
नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट रु तीन अर्ब ३३ करोड छ लाख ९२ हजार आम्दानी भएको छ । गत आवमा रु एक अर्ब ८८ लाखको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।

विभागको विवरणानुसार अघिल्लो आवमा रु ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७र७८मा रु ६५ करोड ८८ लाख १३ हजारको, आव २०७६र७७मा रु ५५ कराड ७४ लाख ७८ हजार तथा आव २०७५र७६ मा रु ४० करोड ५७ लाख ३९ हजारको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

एक वर्षमा रु ४४ करोडको यार्सा गुम्बा निर्यात
विभागका अनुसार गत आवमा रु ४४ करोड ३१ लाखको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।

अघिल्लो आवमा रु ३० करोड ९२ लाख ३३ हजारको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७र७८ मा रु १५ करोड ७६ लाख २५ हजारको, आव २०७६/७७ मा रु २० करोड २२ लाख ३५ हजारको तथा आव २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिका लगायतका राष्ट्र पर्छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution