Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन

रासस ४६७ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन

अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।

तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोरमैलाको हुने क्रम बढेको उहाँको भनाइ छ । “विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ”, गौतमले भन्नुभयो, “ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो ।” पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उहाँले बताउनुभयो । ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मार्गअन्तर्गत नकुहिने फोहोरमैला मात्रा बढेकोले सरसफाई तथा व्यवस्थापन गरिएको हो । “यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं”, उहाँले भन्नुभयो । विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताउनुभयो । तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो । गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ । पछिल्लो समय विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ । प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमश्रृङ्ला र निलगिरी हिमालको हिमनदीबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ ।

मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन् । लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन् । पदयात्राका सौखिन पर्यटक पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ कट्दा आफूलाई भाग्यमानी ठान्ने गर्दछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मको दुई समयलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution