Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लुम्बिनी प्रदेशसभा : सरकार र विपक्षीबीच सहमति

प्रत्यूष १९४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २०, बुधबार (२ साल अघि)
लुम्बिनी प्रदेशसभा : सरकार र विपक्षीबीच सहमति

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।

बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो ।

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहनुभएका तुलसी चौधरीले जानकारी दिनुभयो ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाउनुभएको हो । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी हुनुहुन्थ्यो ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मङ्गलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गर्नुभएको छ । उहाँले सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

  • करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution