Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निःशुल्क शिक्षा कार्यक्रमबाट लाभ लिँदै धादिङका छोरीबुहारी

प्रत्यूष ४०७ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ११, सोमबार (२ साल अघि)
निःशुल्क शिक्षा कार्यक्रमबाट लाभ लिँदै धादिङका छोरीबुहारी

धादिङ,१० असार
सिता सापकोटा (शितल)
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बगैँचा बस्ने रोजिता पाण्डे अहिले स्नातक तहमा अध्ययन गर्दै छिन् । उनी अहिले २७ वर्षको भइन् । उनको बुबाले आमा, बहिनी र उनलाई सानै उमेरमा छोडेर दोस्रो विवाह गरेका थिए । उनी भन्छिन्, “बुबाले दोस्रो विवाह गरेपछि बुबाको साथ र सपोर्ट त परको कुरा हो अहिलेसम्म अनुहार पनि देख्न पाएको छैन् ।”

बुबा नहुँदा समाजले पनि नराम्रो दृष्टिले हेरेको उनीसँग यस्था थुप्रै अनुभव छन् । घरमा केटा मान्छे छैनन्, केही कुरा सापटी लगेमा पनि फिर्ता गर्दैनन् । उनीसँग छिमेकीले गरेका व्यवहार अझै नि ताजा छन् । आँखा भरि आँसु बनाउँदै उनी भन्छिन्, “सबैले बलेको आगो त ताप्ने रैछ नि !”
बिहान खाए बेलुकाको छाक टार्न निकै धौधौ हुन्थ्यो । उनी भन्छिन्, “आमाले भाँडामा चामल सकिएको दिनमा आज चामालको भात नखाम है सधैँ कति खाने आज त मकै भुटेर खाने भन्नु हुन्थ्यो ।”

धेरै दिन त भोकै रात पनि बिताएको उनको अनुभव छ । “घरमा खाजा त झन् कहिले बन्दैन थियो । आमा कहिले कोही मेलापात गएका बेलामा सधैँ खाजा लैदिनु भएकाले जहिले नि आमा आउने बाटो हेरेर आँखा नै थाक्थ्यो”, उनी भन्छिन् ।

विद्यालय पढ्दा शुल्क तिर्न नसकेको उनीसँग थुप्रै अनुभव छन् । स्कुल पढ्दा उनी विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा भाग लिएर जसरी भएपनि पुरस्कार जित्नु नै पर्छ भने सोच आउथ्यो । त्यही पुरस्कार जितेको कपि कलमले केही दिनलाई सहज हुने कुराले नि उनी हरेक क्रियाकलापमा भाग लिने गर्थिन् ।

उनी बिदाको समयमा शनिबार मेला पात, घर बनाउने जस्ता काम गर्ने जान्थिन् । रोजिताले अहिले बिहे गरेको अहिले सात वर्ष भयो । उनले विवाहपछि पनि आफ्नो पढाइलाई निरन्तरता दिएकी छिन् । रोजिताले श्रीमानको धेरै साथ र सहयोग पाएकी छिन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले माध्यमिक तहका सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेको छ । स्नातक तहलाई आर्थिक अवस्था हेरेर निःशुल्क शिक्षा प्रदान गरेको छ ।

रोजिताले पनि केही वर्ष अगाडिदेखि गाउँपालिकाले प्रदान गरेको निःशुल्क शिक्षा पाएकी छन् । उनी भन्छिन्, “गाउँपालिकाले यो कार्यक्रम नलाएको भए म पनि बीचमा नै पढाई छाड्थे होला ।”

माध्यामिक तथा स्नातक पढ्दा सबै पैसा एकै पटक तिर्नुपर्ने हुनाले धेरै गाह्रो हुने उनको भनाइ छ । “अहिले भने त्यो समस्या हल भएको छ”, उनी भन्छिन्, “म जस्ता छोरी बुहारीले अहिले आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन्, विद्यालय छाड्नेको दर पनि कम हुँदै गएको छ ।”
छोरी बुहारीलाई निःशुल्क शिक्षा दिने कार्यक्रमलाई स्थानीय तहले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

पालिकाको यस कार्यक्रमबाट रोजिता मात्र खुसी छैनन् । त्रिपुरासुन्दरी–१ का विकेश कुमाल पनि उतिकै खुशी देखिन्छन् । उनी अहिले स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै छन् । उनी भन्छन्, “विद्यालय पढ्दादेखी नै कापीकिताब किन्नेका लागि गाह्रो थियो, निःशुल्क शिक्षा भए पछि सहयोग मिलेको छ ।”

आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा विद्यालयमा समयमा नै पैसा तिर्न नस्दा उनी वर्षको केही दिन दिन त बीच बाटोबाट नै घर फर्कनु परेको थियो । “विद्यालयमा पढ्दा बिदाको समयमा कापी कलम किन्न र अतिरिक्त कक्षा पढेको शुल्क तिर्नका लागि मेलापात जानुपर्ने थियो”, उनी भन्छन् ।

अब आफू नपढ्ने र पैसा कमाउन जान्छु भन्दा उनलाई घरमा बाबु आमाले पढ्नलाई नै कर गर्नु हुन्थ्यो । उनी भन्छन्, “आमाको मृत्यु भएको पनि दुईवर्ष भयो ।”

उनको आमा फरक क्षमता भएकी थिइन् । “अहिले आमा भएको भए जति दुःख आफूले गरेर भएता पनि आमालाई सुख दिन्थेँ होला जस्तो लाग्छ”, आँखा भरी आँसु बनाउँदै उनी भन्छन्, “कतैबाट घर जाने बित्तिकै भित्तामा राखिएको आमाको फोटो हेर्दै मनलाई बुझाउने गरेको छु ।”
उनीको घरमा अहिले बहिनि र बुबा मात्र छन् । उनी भन्छन्, “घरको जिम्मेवारी मेरो काँधमा छ ।” अहिले उनले त्रिपुरासुन्दरी गाउँपालिकामा नै जागिर खाएका छन् । जागिरबाट नै उनको दैनिक चलेको छ ।

गाउँपालिकाले प्रदान गरेको निःशुल्क शिक्षा लिन पाउँदा उनी निकै खुसी छन् । विकेशलाई कहिले काहीँ भने पालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन्छ कि दिँदैन भने डर लागि रहन्छ । यस कार्यक्रमबाट विद्यार्थी त लाभान्वित भएका छन् नै त्यो भन्दा बढी त्यहाँका अभिभावक खुशी छन् । अभिभावक पार्वती अधिकारी भन्छिन्, “पहिला छोराछारीले विद्यालयमा शुल्क तिर्नको लागि भनेर पैसा माग्दा भन्ने बित्तिकै दिन सकिदैन थियो, अहिले पालिका आफ्ले पैसा तिर्दिने भएपछि धेरै सहज भएको छ ।”

गाउँपालिकाभित्रका ११ मावि र दुई क्याम्पसमा अध्ययन गर्ने छ सय ७५ विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज पाठकले जानकारी दिए । माध्यमिक र उच्च माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक रु पाँच सय र स्नातक तह अध्ययन गर्ने विद्यार्थीका लागि मासिक रु सात सय गाउँपालिकाले विद्यालयको खातामा जम्मा गर्ने गरेको छ ।

बीचमा पढाइ छाडेका, बिहे गरेर बसेका व्यक्तिले पनि निःशुल्क शिक्षा पाउने भएपछि विद्यालय आउन थालेका छन् । विद्यार्थीलाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएको बेलामा पालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएपछि विद्यार्थीहरु बढ्न थालेका शिक्षा शाखा प्रमुख पाठकले बताए । “आर्थिक वा सामाजिक कारणले शिक्षा लिनबाट वञ्चित भएका, विद्यालयसम्म पहुँच नपुगेकाका लागि पनि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ”, उनले भने ।

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने भने पनि अधिकांश विद्यालयमा शुल्क उठाउने गरिएको छ । देशभरको सात सय ५३ स्थानीय तहमध्ये धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले मात्र निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution