Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २६, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गलत तथ्यांक तत्कालै सच्याउन मगर संघ धादिङको माग

प्रत्यूष ४७६ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
गलत तथ्यांक तत्कालै सच्याउन मगर संघ धादिङको माग

धादिङ,३० जेठ ।
गलत तथ्यांक तत्कालै सच्याउन माग गर्दै नेपाल मगर संघ धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पुन मगर हैन, भन्ने गलत तथ्यांक तत्कालै सच्याउनका लागि मगर संघ धादिङले प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो ।

मंगलबार नेपाल मगर संघ धादिङका बरिष्ठ उपाध्यक्ष राम आले मगर र नेपाल मगर संघ वागमति प्रदेश द्वितीय सचिव ईश्वर पल्ली मगरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रधान मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्यांक विभाग कार्यालयले २०८० साल जेठ १९ गते जारी गरेको, भाषा र धर्म सम्बन्धीको तथ्यांक प्रति, उनीहरुको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सूचिकृत संख्यात्मक रुपमा सबै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर मध्ये पुन हो तर, नेपाल सरकार अन्र्तगतको राष्ट्रिय तथ्यांक कार्यालयमा लिखित रुपमा पटक–पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको उल्लेख छ ।

प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भिर त्रुटीले समाज भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्धन्दको विजारोपण भएको हुनाले तत्कालै सच्याउन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।

इतिहास, भूगोल, भाषा, संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले ३ दिनभित्र पुन जाति भनि सार्वजनिक गरिएको नौ हजार ८ सय २७ संख्यालाई तुरुतै मगर जातिको संख्यामा गाभ्न मगर संघ धादिङले अनुरोध गरेको छ ।

त्रुटी नसच्याइएको अवस्थामा आप्mनो पहिचान र अस्तित्वका लागि शसक्त आन्दोलनमा जानको विकल्प नरहेको समेत पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

    पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

  • हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

    हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

  • ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

  • आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

    आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २५ गते मंगलबार

    २०८२ कात्तिक २५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

    पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

    हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

    हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution