Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

प्रत्यूष ११३१ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १९, शुक्रबार (३ साल अघि)
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ  दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ  १३ अर्ब २६ करोड ७३ लाख र समपूरक अनुदानतर्फ १३ अर्ब २६ करोड ७३ लाख विनियोजन भएको छ ।

सङ्घीय बजेटमा प्रदेशका लागि रू एक खर्ब पाँच अर्ब ६ करोड ६८ लाख र स्थानीय तहका लागि रू दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख विनियोजन भएको छ । वित्तीय हन्तान्तरण मार्फत् जाने रकममध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशले रू १६ अर्ब २७ करोड ३९ लाख र कोशी प्रदेशले रू १६ अर्ब ११ करोड ७० लाख बराबर बजेट पाएको छ । मधेसका लागि रू १३ अर्ब ४५ करोड ३५ लाख, बागमतीका लागि रू १५ अर्ब ८१ करोड २३ लाख, गण्डकीका लागि रू १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनीका लागि रू १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिमका लागि रू १४ अर्ब ४२ करोड १९ लाख विनियोजन भएको छ ।

स्थानीय तहका लागि वित्तीय हन्तान्तरणमार्फत गएको रकममध्ये महानगरपालिकाका लागि रू १० अर्ब ३१ करोड ९८ लाख, उपमहानगरपालिकाका लागि रू १० अर्ब ४२ करोड २२ लाख, नगरपालिकाका लागि रू एक खर्ब ३१ अर्ब २१ करोड ४३ लाख र गाउँपालिकाका लागि रू एक खर्ब ४३ अर्ब छ करोड ३९ लाख विनियोजन भएको छ ।

महानगरपालिकामा गएको सङ्घीय अनुदानको बजेट हेर्दा सबैभन्दा धेरै पोखरा महानगरपालिकाले रू दुई अर्ब ७६ करोड ३२ लाख र काठमाडौँ महानगरपालिकाले रू दुई अर्ब १४ करोड ३१ लाख पाएका छन् । त्यसैगरी, विराटनगर महानगरपालिकाका लागि रू एक अर्ब १९ करोड २४ लाख, भरतपुर महानगरपालिकाका लागि रू एक अर्ब ७५ करोड तीन लाख, ललितपुर महानगरपालिकाका लागि रू एक अर्ब १३ करोड ८७ लाख र वीरगञ्ज महानगरपालिकाका लागि रू एक अर्ब ३३ करोड २१ लाख विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    Post Thumbnail

    बसको ठक्करबाट मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution