Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गृहमन्त्रीका भाईले भ्रमपूर्ण आश्वासन बाँडेको आराेप

१०२१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
गृहमन्त्रीका भाईले भ्रमपूर्ण आश्वासन बाँडेको आराेप

बुटवल, १८ वैशाख

रुपन्देही तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणका भाई रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् ।

कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने उल्लेख गरेको छ । तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले चाहँदैमा प्रशासनिक भवनलाई अस्पताल बनाउन नमिल्ने बताए । ‘प्रशासनिक भवन अस्पताल निर्माणको मापदण्डमा आधारित रहेर बनेको होइन, असम्भव र झुटा आश्वासनले जनतालाई भ्रमितबाहेक केही गर्दैन, हुनै नसक्ने विषय घोषणा पत्रमा राख्नु लाजमर्दो हो,’ उनले भने ।

कांग्रेससहितको गठबन्धनले जारी गरेको तिलोत्तमा घोषणा पत्रमा हाल नगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था खारेज गरी पूर्ण सरकारी बजेटमा बनाउने प्रतिबद्धता गरिएको छ । एकातिर कर घटाउने कुरा गर्ने अर्कातिर लागत साझेदारी खारेज गरेर पूर्ण सरकारी पैसामा बाटो बनाउँछु भन्नु सान्दर्भिक नहुने उनको भनाइ छ । ‘कर घटाउनु भनेको नगरपालिकाको आम्दानी घट्नु हो, आम्दानी नै नभएपछि कसरी आफ्नो पैसामा बाटो बनाउँछ,’ अर्थविद् आरसी आचार्यले भने ।

अर्थतन्त्रका जानकार हुमराज भुसालले गठबन्धनले घोषणापत्रमा अव्यावहारिक कुरा मात्रै गरेको टिप्पणी गरे । ‘आन्तरिक राजस्व संकलनका लागि करारोपण नगरीकन विकासको कार्यक्रम अगाडि बढाउने कुरा अव्यावहारिक र काल्पनिक मात्रै हो,’ उनले भने ।

प्रशासनिक भवन र  अस्पताल भवनको बारेमा सामान्य जानकारी नराखीकन अस्पताल सञ्चालन गर्ने कुराले गठबन्धनले नागरिकको विकास प्रतिको मोहलाई सम्बोधन गर्न असफल भएको उनको भनाइ छ । तिलोत्तमा नगरपालिकाले वडा नम्बर ६ को कुञ्जलापुरमा आठ बिघा क्षेत्रफलमा करिब ६ करोड लागतमा प्रशासनिक भवन बनाएको छ ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेस नेता रामकृष्ण खाणले प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्न मिल्ने या नमिल्ने भन्ने कुरा प्राविधिक विषय भएको बताए । ‘अस्पताल बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरा प्राविधिकले भन्ने कुरा हो तर हामीले प्रशासनिक भवन सामान्य बनाएर अहिलेको भवनलाई अस्पतालमा रुपान्तरण गर्न खोजेका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution