
काठमाडाैं, १८ वैशाख
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको उनकाे भनाइ छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारस् विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |