
धादिङ,२० बैशाख
धादिङको गल्छीमा रहेको अभ्बी भरोसा अस्पताल द्धारा अस्पतालको दोस्रो वार्षिक उत्सवका अबसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका छन् ।
अभ्बी भरोसा अस्पताल गल्छी धादिङको आयोजना र पिपुल्स जनरल अस्पताल एण्ड डेन्टल कलेज काठमाडौंको सहयोगमा स्वास्थ्य आयोजना गरिएको थियो।स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट आँखा, नाक कान, घाँटी, छाला, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षणको सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षण पश्चात विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको अभ्बी भरोसा अस्पतालका सञ्चालक प्रेम बहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |