Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाठ्यपुस्तक छपाइ सम्पन्न

प्रत्यूष १२६८ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १७, आईतबार (३ साल अघि)
पाठ्यपुस्तक छपाइ सम्पन्न

नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यही वैैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको छ ।

मन्त्रालयका अनुसार यस शैक्षिकसत्रका लागि प्रक्षेपित कक्षा १ देखि ५ सम्म जम्मा २३ लाख ९२ हजार छ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार चार सय ५० का लागि आवश्यक पुस्तक जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रेसबाट उत्पादन गराइएको छ । जनकशिक्षाबाट कक्षा ६ देखि १० सम्मका लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रकबाट कक्षा १ देखि ५ सम्मका लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्यसचिव शङ्करदास वैरागी, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट भएको निर्देशन र पहलका कारण यस वर्ष सहजरुपमा उत्पादन र बिक्रीवितरण भएको बताउनुभयो । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उत्पादन क्षमतामा वृद्धि भएकाले आगामी वर्षका लागि पनि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक समयमै छपाइ र बिक्रीवितरणका लागि तयार रहेको स्पष्ट गर्नुभयो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले परिवर्तन गरिएका पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्ठमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने आठ्राई प्रकाशन र ओएसिस प्रकाशनलाई स्पष्टीकरण सोधिएको र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

  • Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Post Thumbnail

    ‘विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छ’

    Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution