Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता,देशभर झण्डै १३ हजारकोे स्वतन्त्र उम्मेदवारी

३५० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १७, शनिबार (३ साल अघि)
चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता,देशभर झण्डै १३ हजारकोे स्वतन्त्र उम्मेदवारी

काठमाण्डौ,१७ बैशाख ।
स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रबार बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् ।

चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेले पुरुष १९ हजार ४९९ र महिला १४ हजार ४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो ।

यसमध्ये मेयरमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना तथा अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार छन् । एमालेले उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना तथा उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कांग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ ।

कांग्रेसबाट पुरुष १८ हजार ५४३ र महिला १२ हजार ८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार छन् । यसमध्ये मेयरमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना तथा अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार छन् । कांग्रेसले उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना तथा उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले पुरुष १३ हजार ३०२ र महिला ८ हजार ९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । यसमध्ये माओवादीले मेयरमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ तथा अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार बनाएको छ ।

माओवादीबाट मेयरमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना तथा उपाध्यक्षमा ११५ जना पुरुष र २०० महिला गरी ३१५ जना उम्मेदवार छन् ।यस्तै पालिका चुनावको लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution