Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किसानलाई समयमै मल उपलब्ध गराउन माग

प्रत्यूष २५४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २७, सोमबार (२ साल अघि)
किसानलाई समयमै मल उपलब्ध गराउन माग

प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गर्नुभएको हो ।

सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त रु एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।”

सांसद गिरीले उहाँले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद् कुरा हो”, उहाँले भन्नुभयो । उहाँले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताउनुभयो ।

सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।”

“दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौँमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ । छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु”, उहाँले भन्नुभयो । मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व नदिएको सांसद बडूको दाबी छ ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमको विद्युत् आयोजना नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ आए पनि बजेट सोअनुसार नआएको भन्दै आगामी बजेटमा त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “चर्चा हुने तर काम किन नहुने रु कि त निर्माण गरौँ कि त चर्चा गर्न छोडाँै ।” उहाँले सवारी दुर्घटनाका कारण अछाम जिल्लाकोे अवस्था तनावग्रस्त भएको भन्दै मृतक हेमराज कुँवरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद धवलशमशेर जबराले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षायाम आइसक्यो धान रोप्ने बेला पनि भइसक्यो । तर जिल्लामा मल पुगिरहेको छैन, राज्यले यसको व्यवस्था तुरुन्त गर्न प¥यो ।” उहाँले राप्ती नदी र डुडुवा खोलामा तटबन्धका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमला सुवेदीले किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले आगामी बजेटमा देशभित्रै रासायनिक मल उत्पादनको विषयलाई महत्व दिनुपर्ने उल्लेख गर्नुभयो । “अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “किसानले पाउनुपर्ने अनुदान विचौलियाले पाइरहेका छन् । त्यसतर्फ सरकार सचेत हुन आवश्यक छ ।” उहाँले जङ्गली जनावरबाट किसानको खेतीबालीमा पुगेको नोक्सानीप्रति समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीपक गिरीले दाङमा विमानस्थल र लुम्बनी प्रदेशको राजधानीमा रहेको कैलावास नाकाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कोही १० र १५ वर्षदेखि अलपत्र बनेका आयोजना छन् । विसं २०११ मा स्थापना भएको दाङको विमानस्थल २०४२ सालदेखि बन्द छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।”

सांसद डा चन्दा कार्कीले ‘डाउन सिण्ड्रोम’का लागि अपाङ्गताको छुट्टै वर्गीकरणमा राख्न माग र बीमाको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले यसबाट प्रभावित व्यक्तिका लागि स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न निःशुल्क सेवा उपलब्ध हुनुपर्ने माग राख्नुभयोे । सांसद दीपक कार्कीले धनुषाधामलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग गर्नुभयो ।

धनुषाधाममाको जङ्गलमा पर्खाल लगाउनुपर्ने उहाँको भनाइ छ । सांसद डा सुनिलकुमार शर्माले जलस्रोतको विकास र व्यापारका लागि भारतीय र बङ्गलादेशी व्यापारीसँग त्रिपक्षीय सम्झौता गर्नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलाशयका क्षमताअनुसार २३ वटा आयोजना मात्र सञ्चालन गर्दा ३० हजार मेगावट विद्युत् सन् २०३० सम्म उत्पादन गर्न सक्छौ । भारत र बङ्गलादेशसँग वीन–वीन अवस्थामा बिक्रीवितरण गर्नसकेमा आर्थिक अवस्थामा सुधार हुनसक्छ ।” उहाँले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेसमेत बताउनुभयो ।

सांसद शोभा ज्ञवालीले सरकारले अझै पूर्णता नपाएको र यसअघिको सरकारको कामलाई निरन्तरतासमेत दिन नसकेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति विदेशिनेक्रम रोक्नुपर्ने बताउनुभयो ।

सांसद सरस्वती सुब्बाले भूमिहीन नागरिकलाई लालपुर्जासहितको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले राष्ट्रिय भूमि आयोगलाई क्रियाशील बनाउन आवश्यक बजेट र कर्मचारीको व्यवस्थान गर्न माग गर्नुभयो । सांसद ऋषिकेश पोखरेलले गठबन्धनको संस्कृतिले राष्ट्रिय शक्ति र राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution