Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

प्रत्यूष ५९९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २३, बिहिबार (२ साल अघि)
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी भोलि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ ।

सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मीलगायतले आचारसंहिताको पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, र वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई आचारसंहिता लाग्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

  • फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

  • विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

  • सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ११ गते बुधबार

    २०८२ भाद्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution