Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

रासस २५६ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ हुनुहुन्छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताउनुभयो । आफू निर्वाचनका लागि उत्साहित भएको उहाँको भनाइ थियो । निर्वाचनलाई निर्वाचनकैरुपमा लिएको बताउँदै उहाँले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताउनुभयो ।

मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको दाबी छ । लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताउनुभयो । “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उहाँले भन्नुभयो ।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उहाँले भन्नुभयो, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो । संविधानमा त्यसरी त्यागेको मितिले तीन महिना भनेकाले त्यसले मलाई असर गर्दैन ।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । लामिछाने यसअघि गत मङ्सिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उहाँको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा ९एमाले०का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

  • फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

  • विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

  • सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ११ गते बुधबार

    २०८२ भाद्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution