Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालको साक्षरता दर ७६.२ प्रतिशत

२३९२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार (३ साल अघि)
नेपालको साक्षरता दर ७६.२ प्रतिशत

काठमाडौं। नेपालको साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भई ७६.२ प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

जबकि २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।अर्थात् साक्षरता दर विगत १० वर्षमा प्रत्येक वर्ष १ प्रतिशतका दरले मात्रै बढेको पाइएको हो ।

उता, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने १५ वर्ष देखि ६० वर्ष उमेरसमूहका ८५ प्रतिशत जनसंख्या साक्षर भइसकेका दाबी गर्दै आएको थियो । यस पटकको जनगणनामा कम्तीमा ८५ प्रतिशत साक्षरता दर नाघ्ने पूर्वानुमान गरिएको थियो ।

जनगणनाको नतिजाले भने देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,६६,७५,९७५ जनसंख्यामा २,०३,४१,६२३ जना (७६.२ प्रतिशत) पढ्न र लेख्न दुबै जान्ने देखाएको हो ।

प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सबै भन्दा धेरै साक्षरता दर रहेको छ । बागमती प्रदेशमा पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्याको ८२.१ प्रतिशत साक्षर रहेका छन् । पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा उच्च रहेको छ । मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर समेत मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।

सबै जिल्लाहरुमा ५५ प्रतिशत भन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाडौ जिल्लामा सबैभन्दा वढि ८९.२३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरुको भन्दा कम रहेको छ ।

दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणासहित आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको साक्षरता कार्यक्रम १४ वर्ष बित्दासम्म पनि पूरा हुन सकेको छैन । करिब ७८ लाख जनसंख्यालाई साक्षर बनाउने लक्ष्यका साथ अभियान शुरु भएयता झण्डै १० अर्ब खर्च भएको छ, तर दर्जन बढी जिल्ला साक्षर घोषणा हुन अझै बाँकी छ । साक्षर घोषणा भएका जिल्लामा समेत प्रभावकारी रुपमा पोस्ट साक्षर तथा निरन्तर शिक्षाका कार्यक्रम नहुँदा साक्षर व्यक्तिसमेत निरक्षर हुन थालेका हुन् ।

सरकारले पहिलो पटक आ.व. २०६५/६६ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै नागरिकलाई साक्षर बनाउने कुरा गर्यो । त्यसको चार वर्षपछि फेरि २०६९/७० को बजेट भाषणको ६७ नम्बर बुँदामा साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरियो । त्यसैको आधारमा शिक्षा मन्त्रालयले तीन वर्षभित्र देश साक्षर हुने दाबी गर्यो । त्यो दाबीले पनि हावा खायो । सरकार रोकिएन, फेरि २०७१/७२ को नीति तथा कार्यक्रममा साक्षर नेपाल अभियानलाई निरन्तरता दिँदै आगामी वर्षलाई निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइने जिकिर गर्यो । त्यसको चार वर्ष पछि २०७५/७६ को बजेट भाषणको बुँदा नम्बर ४१ मा फेरि दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने कुराले निरन्तरता पायो ।

अझ त्यतिबेला यसका लागि प्रदेश र स्थानीय तहसँग सहकार्य गरिने बुँदा थपियो । फेरि अर्को वर्ष पनि सोही नारा दोहोरियो । आ.व. २०७६/७७ को नीति तथा कार्यक्रमको ९९ नम्बर बुँदामा पनि आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने भनेर घोषणा गरियो । दुईवर्ष पछि फेरि सरकारले साक्षर नेपालको नारा घन्कायो । आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेटमा साक्षर नेपाल बनाउने कुरा दोहोर्याइयो । तर, सरकारका दुइवर्षे कुरा आजसम्म पुरा हुन सकेन । तर, सरकारले अहिले पनि यो दुई वर्षे नारा छाडेको छैन ।@educationpati

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution