Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा

प्रत्यूष ४७१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (२ साल अघि)
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा

रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ ।

सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले जानकारी दिनुभयो । स्वार्थभन्दा माथि उठेर समुदायका सेवा गर्ने उद्देश्यले एक सय ८८ वर्षअघि रोटरी क्लबको सुरुआत् भएको थियो । क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

रोटरी क्लबले विद्यालयमा बालिकामैत्री शौचालय निर्माणलाई प्राथमिकता दिएको छ । पोलियो उन्मूलनमा सरकारलाई विशेष सहयोग गरेको क्लबले स्वास्थ्य संस्थामा सा–साना उपकरण दिने गरेको छ । क्लबले वातावरण संरक्षणका लागि वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखेको छ । सौराहालाई प्लाष्टिकमुक्त क्षेत्रका रुपमा विकास गर्न क्लबले विशेष अभियान चलाएको छ ।

व्यक्तिले जे कमाउँछ त्यही योगदान गर्ने रोटरीको लक्ष्य छ । रोटरीमा लाग्नेले जे कमाएका हुन्छन्, समाजलाई त्यही दिने गरेको सम्मेलनका प्रेस संयोजक सुरेश आचार्य बताउनुहुन्छ ।

धादिङको ज्वालामुखी गाउँपालिकाको दुर्गम बस्तीका मानिसलाई खानेपानी लिन चार घण्टा लाग्ने गरेकामा क्लबको सहयोगमा नजिकै धारा बनाइएको छ । यसबाट एक हजार १०० भन्दा बढी जनसङ्ख्या लाभान्वित भएको क्लबले जनाएको छ ।

महिला सशक्तीकरणका लागि शिक्षालाई नै पहिलो शर्तका रुपमा लिएर बालिकालाई शिक्षा दिन प्रेरित गर्ने अभियान पनि क्लबले चलाएको छ । यो अभियान अन्तर्गत एउटा क्लबले विपन्न वर्गका १० बालिकालाई अभिवाकत्व ग्रहण गरी शिक्षा दिने नीति बनाइएको छ । रोटरी अभियानमा लागेका सदस्यले सहयोग जम्मा गरेपछि त्यसमा थप सहयोग अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट आउने गरेको छ ।

नेपालीले रू एक सय जम्मा गरे अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट रू आठ सय सहयोग आउने गरेको प्रेस संयोजक आचार्यले जानकारी दिनुभयो । रोटरी क्लबमा समाज सेवा गर्न चाहनेले कार्यसमितिमा एक वर्षमात्र बस्ने व्यवस्था छ । उक्त वर्षभर विभिन्न ठाउँमा हुने कार्यक्रममा जाँदा । आउदाको बस भाडा, बस्ने खाने खर्च क्लबका सदस्यले आफैँ व्यहोर्नुपर्ने नियम बनाइएको छ । समुदायमा गरिने सहयोगबाट त्यो व्यहोरिँदैन ।

शुक्रबारदेखि राजधानीमा हुने दुई दिने सम्मेलनमा जनसरोकारका विभिन्न विषयमा बहस गराउने तयारी पनि क्लबले गरेको छ । बहसमा सम्बन्धित क्षेत्रका विज्ञले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, शान्तिलगायत विषयमा छलफल गरिनेछ । करिब एक हजार पाँच जना रोटरी अभियानकर्मीको सहभागिता रहने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक पृथ्वीराज वैद्यले जानकारी दिनुभयो । क्लबले थापाथलीमा भवन बनाउन सात जना पूर्वगभर्नरको समिति गठन गरेको जनाएको छ ।

रोटरीको हाल नेपालमा एउटैमात्र डिस्ट्रिक्ट क्लब छ । यसअन्तर्गत एक सय ५५ क्लब र छ हजारभन्दा बढी सदस्य छन् । यो डिस्ट्रिक्ट क्लब पनि सन् २००८ मा गठन भएको हो । रोटरी अभियानकर्मीका लागि वर्ष दिनमा एकपटक हुने सम्मेलन भेटघाट एवं अनुभव आदानप्रदान गर्न महत्वपूर्ण मञ्च मानिन्छ ।

सम्मेलनमा रोटरीको अन्तर्राष्ट्रिय फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहने छ । प्रत्येक वर्ष परिवर्तन हुने कार्यसमितिले आफ्नो कार्यकालमा एकपटक राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मुक्तिनाथधाममा पदमार्ग निर्माण

    मुक्तिनाथधाममा पदमार्ग निर्माण

  • राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

    राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

  • डिजेल र पेट्रोलको मूल्य बढ्यो

    डिजेल र पेट्रोलको मूल्य बढ्यो

  • अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ ६ गते मंगलबार

    २०८२ जेष्ठ ६ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुक्तिनाथधाममा पदमार्ग निर्माण

    मुक्तिनाथधाममा पदमार्ग निर्माण

    राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

    राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

    डिजेल र पेट्रोलको मूल्य बढ्यो

    डिजेल र पेट्रोलको मूल्य बढ्यो

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution