Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

प्रत्यूष ४९१ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार (२ साल अघि)
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उहाँले बताउनुभयो । कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उहाँका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ ।

ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ ।

“कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।” उहाँका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ ।

पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिनुभयो ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ । अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ । हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन् ।

संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ ।

संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापान लगायत विभिन्न देशमा निर्यात हुने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution