Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा अध्यक्ष कर्माले भने- चुनाव छ, प्रशिक्षकलाई केही गर्न सक्दैन

१७८६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (४ साल अघि)
एन्फा अध्यक्ष कर्माले भने- चुनाव छ, प्रशिक्षकलाई केही गर्न सक्दैन

आगामी ६ असारमा हुने निर्वाचनसँगै अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) निकै व्यस्त छ । खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ । केन्द्र, जिल्ला र क्लब पूर्ण रूपमा चुनाव मय भएको छ ।

यस्तो अवस्थामा एन्फामा अर्को विवाद उत्पन्न भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरू प्रति गरेको व्यवहारका कारण १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेका छन् ।

नियमित तथा अनुभवी सदस्य रोहित चन्दले खेलाडीको समस्या उनै प्रशिक्षक अब्दुल्लाहलाई राख्दा उनले टिम अभ्यासबाट निस्कन दबाब दिएपछि रोहितले होटेल छाडे ।

आफ्ना विषयमा बोलेका लिडर रोहितलाई टिमबाट निकालेपछि अन्य १० खेलाडिसमेत त्यसको भागिदार बन्दै टिम छाड्न बाध्य भए ।

तर, यो विषय बाहिर आएपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीसँग बैठक बसेका थिए । उनले सत्यतथ्य बुझेर पुनः भेट्ने बाचा गरे तर भेटेका छैनन् ।

कुराकानीकै क्रममा खेलाडीले प्रशिक्षकको अन्डरमा खेल्ने वातावरण अब नहुने र बर्खास्तसम्मको कुरा उठाएका थिए । तर, अध्यक्ष कर्माले भने इन्कार गरे ।

‘भेटमा कुरा हुँदा अध्यक्षले चुनाव छ । केही गर्न सक्दिन भन्नुभयो,’ मिडफिल्डर विशाल राईले भने । पछिल्लो समय सत्तापक्ष इतर देखिएका अब्दुल्लाह यो काण्डमा समेत सत्तापक्ष नजिक देखिएका छन् । यसै विषयमा एन्फाले छानबिन गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले विवाद समाधानका लागि छानबिन गर्ने बताए ।

पत्रकार सम्मेलनमा १० खेलाडी (रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, विमल घर्ती मगर, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, दिनेश राजवंशी) सहित एन्फा अन्तर्गतको खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र बिकेश कुथुको सहभागिता रहेको थियो ।

हाल नेपाली टिम अफगानिस्तानसँग हुने दुई मैत्रीपूर्ण खेलको लागि तयारीमा छ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ ।

यसपछि नेपाली टिमले एएफसी एसियन कप- २०२३ को छनोट खेल्नेछ ।  समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

  • Post Thumbnail

    आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

  • Post Thumbnail

    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

  • Post Thumbnail

    पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बलुचिस्तानमा पाकिस्तानी सेनाको कारबाही, १० जनाको मृत्यु

    Post Thumbnail

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    Post Thumbnail

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Post Thumbnail

    एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution