Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

प्रत्यूष ३११ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (२ साल अघि)
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखन लगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहले सकेसम्म चाँडो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा सहयोग पु¥याउन मातहतका नापी र मालपोत कार्यालयलाई निर्देशन भइसकेको छ ।”भूमिलाई समयमै योजनाबद्ध ढङ्गबाट अघि बनाउन नसकिएका कारण भौतिक पूर्वाधारका संरचना र सडक अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयको भनाइ छ ।

देशका उर्वरभूमिमा अन्न र तरकारीको साटो भकाभक कङ्क्रिटका घर उम्रन थालेपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न विसं २०७२ मा भू–उपयोग नीति र विसं २०७६ भू–उपयोग ऐन ल्याएको हो । कृषियोग्य जग्गाको संरक्षण गर्न, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकण, सुरक्षित आवास, प्राकृतिक स्रोत सधानको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति, २०७२ जारी गरेको हो ।

सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ । नियमावलीको मूल आशय भनेको वर्गीकरण गरिएको आधारमा व्यवसाय गर्ने र त्यसैका आधारमा जग्गा पास गर्ने उद्देश्य हो । जग्गाको खण्डीकरण गर्दा कृषियोग्य जमिनमा खेतीपाती र अन्य क्षेत्रलाई संरक्षण गर्न ऐन ल्याइएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा प्रवेश गरेपछि भूमिको विषय स्थानीय तहको क्षेत्राधिकारभित्र परेको छ । मन्त्रालयले सरकारले नीति–नियम बनाउने तथा त्यसको कार्यान्वयन भए–नभएको अनुगमन गर्ने, उठेको राजस्व स्थानीय तह र प्रदेशमा पठाउने कार्यमा सहजीकरण गर्दै आएको छ ।

जग्गाको वर्गीकरण गरेको स्थानीय तहमा कित्ताकाटसम्बन्धी समस्या नरहेको बताउँदै सचिव रेग्मीले भन्नुभयो, “वर्गीकरण नहुँदासम्म कित्ताकाट हुँदैन, त्यसैले मन्त्रालयले सबै स्थानीय तहलाई यथाशीघ्र जग्गाको वर्गीकरण गर्न अनुरोध गरेको हो ।”

नापी विभागले सात सय ५३ वटै स्थानीय तहको भू–उयोगको नक्सा, सोको विद्युतीय अभिलेख, तथ्याङ्क तयार गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । स्थानीय तहले सो नक्सा प्रयोग वा अद्यावधिक गरी भू–उपयोगको क्षेत्र छुट्याउन सक्ने मन्त्रालयले जनाएको छ ।

कित्ताकाट नहुँदा लामो समयदेखि टुक्र्याएर जग्गाको बिक्री वितरण तथा अंशबण्डालगातका हक हस्तान्तणको कार्यसमेत रोकिँदै आएको छ । मुलुकका एक सयभन्दा बढी स्थानीय तहले भने जग्गाको समयमै वर्गीकरण गरेका कारण त्यस्ता पालिकामा भने कित्ताकाटको समस्या नरहेको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution