Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचनका लागि विनियोजितमध्ये तीन अर्ब फिर्ता हुने

प्रत्यूष ४८३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (२ साल अघि)
निर्वाचनका लागि विनियोजितमध्ये तीन अर्ब फिर्ता हुने

काठमाडौँ, २० माघ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकम मध्ये करिब  तीन अर्ब फिर्ता हुने बताउनुभएको छ ।

गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाउनुभयो।

उहाँले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताउनुभयो । नेपाल सरकारबाट उक्त निर्वाचनका लागि रू १० अर्ब विनियोजनमध्ये रू आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म रू छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ ।

उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायकपर्ने स्थानबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्युतीय मतदान प्रणाली लागू गराउने विषयलाई पनि कानुनमै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बदर मतका प्रकृति र अवस्थाको अध्ययन गरेर आगामी दिनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

आगामी दिनमा सबै तहको निर्वाचनको मिति वा जनप्रतिनिधिको कार्यकाल कानुनमा स्पष्ट गराउन सकिएमा मिति निर्धारण गर्दा कुनै प्रश्न नउठ्ने उहाँको भनाइ छ । निर्वाचनमा उम्मेदवार हुनेले तोकिएको कानुनबमोजिम आफूसँग सम्बन्धित कागजात यथारुपमा छ भन्ने स्वघोषणा समेत गर्ने गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अयोग्यता ठहर गर्न नसक्ने र पछि अदालतमा प्रश्न उठेपछि फैसलाबमोजिम सबैले मान्नुपर्ने उल्लेख गर्नुभयो।

आयोगका सचिव गोकर्णमणि दुवाडीले राज्यको चौथो अङ्गका रुपमा सञ्चार क्षेत्रले निर्वाचन सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको र आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिन आग्रह गर्नुभएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन र आचारसंहिताको पालना तथा निर्वाचन व्यवस्थापनमा केही नयाँ अभ्यास र प्रयोग गरेको बताउनुभयो । आयोगले निर्वाचनबारे प्रदेशगत समीक्षा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

  • करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution