Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

१४४३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका आधारमा ०७६ साल मै चालीसगाउँलाई नयाँ पर्यटन गन्तब्य घोषणा गरिसकेको छ । यो घोषणा पछि भिटोफको टोलि पहिलो पटक रुवीभ्याली ४ स्थित चालीसगाउँमा थप पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकनका लागि काठमाडौंबाट आज माघ १८ गते हिडेको हो ।

भिटोफको नेतृत्वमा दुई दिनको भ्रमणका लागि निस्किएको टोलीमा विभिन्न पर्यटन सँग सम्बन्धि संघ संस्थाका प्रतिनिधी, पर्यटन व्यवसायीहरु, पर्यटन विज्ञ र पत्रकारहरु छन् भ्रमण पछि ‘रुवीभ्यालीलाई चल्तीको गाउँ पर्यटन केन्द्र रुपमा ब्रान्डिङ गरिने भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले धादिङपोष्टलाई बताए ।

करिब १६० घरधुरीको बसोबास रहेको चालीसगाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ । गाउँमा तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन गर्न पाइन्छ ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रुवीभ्यालीको संक्षिप्त परिचय
विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।

भू(आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ ।

रुवीभ्याली पदयात्रा
धादिङ जिल्लाको रुवीभ्याली पदयात्रा पर्यटनका लागि ख्याति कमाएको गन्तव्य हो । गणेश हिमालको उज्यालोमा झलमल्ल छ भ्याली । साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनाइएको छ । भ्याली १,५३० मिटरदेखि ४,३४० मिटर उचाइमा फैलेको छ । पाङशाङ भन्ज्याङ ९३,८५० मि। भएर तिप्लिङ गाउँ हुँदै चालीस गाउँ, बोराङ, र्झालाङ र डुनडुरेसम्म रुबी भ्याली सर्किट पदयात्रा गरिन्छ । पाङशाङबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाको मीठो दृश्य देखिन्छ ।

सोमदाङबाट जस्ता खानी हुँदै डेढ दिनमा पाल्दोर पिक ९५,९०३ मि। को बेस क्याम्पमा पुगिन्छ । त्यस्तै हिन्दुङ गाउँबाट ठाडो ओडार, दोब्रेडाँडा हुँदै दुई दिनमा गणेश हिमाल ९७,४२२ मि। को बेस क्याम्प ९४,५५० मि। मा पुगिन्छ । रुवीभ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ । असला माछाका लागि प्रख्यात आँखु खोला छ जहाँ फिसिङ गर्न सकिन्छ । त्यस्तै प्राकृतिक तातोपानीका तीनवटा कुण्ड छन् । गणेश कुण्ड, कालो दह, सेतो दह पनि छन् । केही झरना पनि छन् । चट्टान आरोहणको सम्भावना पनि छ । गाउँमा घले राजाको अठारौं शताब्दीका दरबारका भग्नावशेष छन् ।

जैविक विविधताका हिसाबले पनि रुबी भ्याली सुन्दर छ । विभिन्न जडीबुटी, लालीगुराँस आदि पाइन्छ । जङ्गल क्षेत्रमा जीवजन्तु र चराचुरुङ्गीको बसोबास छ । दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइन्छ । रुबी भ्याली सर्किट पदयात्रा सोम्दाङबाट सुरु भएर पाङशाङ भन्ज्याङ, तिप्लिङ, चालीस गाउँ, हिन्दुङसम्म पुगेर गणेश हिमाल बेस क्याम्पसम्म पुग्छ । बेस क्याम्पबाट त्यही बाटो फर्केर तातोपानी, बोराङ हुँदै झारलाङसम्म पदयात्रा गरिन्छ । झारलाङबाट धादिङबेसीसम्म गाडीमा यात्रा । यसरी काठमाडौंबाट यात्रा गर्न ११ दिन लाग्छ । हिन्दुङसम्म टि हाउस टे«किङ सम्भव छ । तर, गणेश हिमाल बेस क्याम्प र पाल्दोर पिक बेस क्याम्पमा होटल सुविधा छैन ।

कसरी पुग्ने रुवीभ्याली
काठमाडौं–त्रिशूली–स्याफ्रुबेसी १३२ कि।मि।, जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसी–गटलाङ–सोमदाङ ५० कि।मि।, जीपमा ४ घण्टा । सोमदाङबाट पदयात्रा ।

प्रतिक्रिया दिनुहोस
रुबिभ्याली गाउँपालिका सम्बन्धि थप
  • रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

  • Post Thumbnail

    सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री

  • किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

  • रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    Post Thumbnail

    सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution