Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

प्रत्यूष १०९० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (३ साल अघि)
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ३६ अङ्कले ओरालो लागेर चार सय दशमलब ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर रु दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ मूल्यमा खरिद बिक्री भयो । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ बराबरको कारोबार भयो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स रु १४ करोड ३७ लाख तीन हजार, गुराँस लाइफ इन्स्योरेन्स रु सात करोड ६७ लाख ७२ हजार तीन सय ८८, एनआइसी एशिया बैंक रु सात करोड १० लाख ८३ हजार चार सय तीन र सूर्योज्योति लाइफ इन्स्योरन्स रु छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर सात दशमलब ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलब २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलब ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलब ६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलब २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलब ९७, गणपति लघुवित्त चार दशमलब ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलब ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य नौ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

  • Post Thumbnail

    लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

    Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

    Post Thumbnail

    एमालेको स्थानीय तहका कमिटीको अधिवेशन मिति तय

    Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution