Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

प्रत्यूष ६४९ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ साल अघि)
राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गर्नुभयो ।

अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य तुलसाकुमारी दाहालले आगामी शैक्षिक सत्रमा विद्यालयका पाठ्यपुस्तक अभाव हुन नदिन समयमै छपाइ कार्य गर्न तथाकाठमाडौँको फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न समयमै ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

सदस्य भगवतीकुमारी न्यौपानेले काठमाडाँै उपत्यकामा रहेका सरकारी अस्पतालमा भर्ना भएका बिरामीले बेड पाउन कठिन भएकाले अस्पतालको स्तरोन्नति र उपचार सेवालाई सर्वसुलभ र सहज गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने भनाइ राख्नुभयो ।

सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा उठेको विषयलाई मन्त्रीले जवाफ नदिएर यसको मान्यतालाई कमजोर तुल्याउने काम भएको बताउँदै सदनमा उठेको विषयमा मन्त्रीको जवाफ अनिवार्य होस् भन्नुभयो ।

अर्का सदस्य शारदादेवी भट्टले तराई मधेसमा चलेको शीतलहरबाट ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएकाले बिरामीलाई औषधि र विपन्नलाई लत्ताकपडा उपलब्ध गराउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सदस्य सुमित्रा विसीले लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदको सम्मानका लागि श्रद्धान्जली अर्पण गर्दै हिजो त्रिभुवन विमानस्थलमा भएको घटनाले सुशासनको नारालाई खिल्ली उडाउने काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution