Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, विभाग भन्छ– केही व्यक्तिहरुमाथि अनुसन्धान भैरहेको छ

प्रत्यूष ३३२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १३, मंगलबार (३ साल अघि)
वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, विभाग भन्छ– केही व्यक्तिहरुमाथि अनुसन्धान भैरहेको छ

काठमाडौं, १३ वैशाख। 

वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ ।

‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनह बढिरहेको छ  । यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरुमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ ।

विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेका छन् ।’

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

कन्सल्टेन्सीहरुको दर्ता गर्ने तथा इजाजत दिने निकायहरुलाई यस्ता संघ संस्थाहरुको अनुगमन र निगरानीलाई सघन गरी उदेश्य बिपरितका कार्यमा संलग्नलाई कारबाहीको दायारामा ल्याउन विभागले अनुरोध गरेको छ ।

‘वैदेशिक रोजगार विभागबाट स्वीकृती नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न/गराउन पाउदैन,’ विभागले भनेको छ, ‘कानून विपरीतका यस्ता कार्य गरेमा बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मचारी वा सञ्चालकलाई कम्तिमा तीनदेखि सात बर्षसम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको छ ।’

आफूले प्राप्त गरेको इजाजत र उद्देश्य बिपरितका कुनैपनि क्रियाकलापमा संलग्न नरहन सम्बन्धित कन्सल्टेन्सीहरुको विभागले ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution