Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा,क–कस्ले दिए उम्मेदवारी ?(विवरण सहित)

प्रत्यूष ९४३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १३, मंगलबार (४ साल अघि)
धादिङमा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा,क–कस्ले दिए उम्मेदवारी ?(विवरण सहित)

धादिङ,१३ बैशाख ।
स्थानिय तहको निर्वाचन आउन अब १७ दिन बाँकी रहेको छ । धादिङ सहित दैशैभर निर्वाचनको रौनक बढेको छ ।

देशैभर सत्तारुढ गठबन्धन र नेकपा एमालेको उम्मेदवारी परेको छ । धादिङमा पनि नेपाल एमाले भर्सेस गठबन्धनको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त उम्मेदवार उठाएका छन् भने नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ ।

एमालेले धुनिवेसी नगरपालिकामा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएका छन् ।

थाक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्र विक्रम बस्नेत र अम्बिका खतिवडा, वेनिघाट रोराङमा देवप्रसाद त्रिपाठी र हिरादेवी रेग्मी, सिद्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल, नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विना कुमारी मम्बा, गंगाजमुनामा भक्त बहादुर लामिछाने र एञ्जिला तामाङ, खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुविभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन् ।

त्यसैगरी गठबन्धन अन्र्तगत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्रले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिकामा रण बहादुर तामाङलाई उम्मेदवार बनाएका छन् ।

ढुंगाना र तामाङ पहिलो निर्वाचनबाट पनि विजयी उम्मेदवार हुन् । यस्तै गंगाजमुनामा भक्त बहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, सिद्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा राम प्रसाद विडारीलाई कांग्रेसले उम्मेदवार बनाएका छन् ।

गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुविभ्यालीमा रामसिंह तामाङ, वेनिघाट रोराङमा कृष्ण बहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरासुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्र बहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनकै तर्फबाट समाजवादीले धुनिबेसी नगरपालिकाको मेयरमा अध्यक्ष बालकृष्ण आचार्य, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । आचार्य र श्रेष्ठ दुबै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्म बहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टाप बहादुर श्रेष्ठ, सिद्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution