Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु

प्रत्यूष ३७० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् ।

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्नेछ । जुन

संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ । प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो ।

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिने हुँदा इतरसमूहबाट साेही संख्यामा सांसद निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जनअनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्नेछ ।

प्रत्यक्षमा सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउनेछ । उसको जम्मा २१ जना सांसद रहने देखिन्छ । सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन् । निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेकाे थियाे । राप्रपा वामपन्थी पार्टी हाेइन । ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसकाे भूमिका कस्ताे रहन्छ अहिले नै खुलिसकेकाे छैन । राप्रपाका नेताहरूले सरकारमा नजाने बताउन थालेका छन् ।

एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वकाे जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् ।  यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चाैधरीका बाबु लालवीर चाैधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ । प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । साह एमालेकाे टिकट लिएर अन्तिममा साे पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

  • राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution