Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विवादपछि रोकिएको धादिङ–२ को मतगणना पाँच घण्टापछि सुचारु

४४१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
विवादपछि रोकिएको धादिङ–२ को मतगणना पाँच घण्टापछि सुचारु

धादिङ/ मतपेटिकामा उल्लेख गरिएको मतपत्र र गणनाको क्रममा भेटिएको मतपत्रको संख्या नमिलेपछि स्थगित भएको धादिङ क्षेत्र नम्बर २, प्रदेशसभा २ को मतगणना पुनः सुरु भएको छ ।

गंगाजमुना गाउँपालिका–४ को तामाङखर्क मावि (ख) केन्द्रको एउटा मतपेटिकामा चार सय ३७ मतपत्र उल्लेख भएको र मानवीय त्रुटिका कारण गणकले दलका प्रतिनिधिलाई सुनाउने क्रममा कम भनिएको कारण उत्पन्न भएको विवाद उम्मेदवारका प्रतिनिधिहरुलाई मुचुल्कासहित स्पष्ट पारेपछि गणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पराजुली भने, ‘यो मानवीय त्रुटी हो, मतपत्रमा तलमाथि भएको छैन । गणकले उम्मेदवारका प्रतिनिधिलाई सुनाउने क्रममा संख्यामा तलमाथि भएको हो, मतपत्र चार सय ३७ नै रहेको छ ।’ खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि (ख) केन्द्रको मतपेटिकाको २ वटा शिल नभएको भेटिएको दलका प्रतिनिधिहरुले बताएका छन् । मत पेटिकाको दुई वटा शिल नभएको विषयमा पराजुलले मतपेटिका राखिएको स्थल र गणना स्थल दुबैमा सिसी क्यामरा जडान गरिएको जानकारी गराउँदै मतपेटिका राखिएको स्थल र गणनास्थल सुरक्षित रहेको बताए । उम्मेदवारका प्रतिनिधि र निर्वाचन अधिकृृतहरुबीचको छलफल पछि विवाद मिलेको छ । हाल मतगणना सुचारु रहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

मत गणनाका क्रममा गणकहरुले उपलब्ध गराएको मत संख्याभन्दा एक सय मत बढी गणना भएपछि राप्रपा र नेकपा एमालेका प्रतिनिधिहरुले विवाद गरेर गणना कार्य रोकेका थिए । गणना रोकिएपछि एमाले राप्रपाका कार्यकर्ताहरुले मतगणना स्थलबाहिर नाराबाजी गरेका थिए । राप्रपाका प्रतिनिधि र कार्यकर्ताले भने धादिङ क्षेत्र नम्बर २, प्रदेशसभा २ मा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को केन्द्र (ख), गंगाजमुना गाउँपालिका–४ को तामाङखर्क मावि (ख) केन्द्र र रुविभ्याली गाउँपालिका–५ को पुरु र नेवेरको गरी चार वटा मतपेटिका मिसाउँदा मुचुल्कामा उल्लेख भएअनुसार एक हजार नौ वटा मतपत्र हुनुपर्नेमा एक हजार दुई सय एक वटा मतपत्र भेटिएको बताएको छ । यो क्षेत्रमा एमाले राप्रपाबीच तालमेल छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका जगत सिंखडा र एमाले राप्रपाबीच तालमेलको साझा उम्मेदवार राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ । एमाले राप्रपाका कार्यकर्ताले भने माओवादीका कार्यकर्ताले सेटिङमा मतपेटिकाको शिल तोडेर मतपत्र खसालेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

  • अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

  • सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution