Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

प्रत्यूष १३१२ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)
नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

काठमाडौं, २३ कात्तिक।
विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले २०७८ सालको विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा वितरण गरेको हो ।

सो अवसरमा कुलपति राष्ट्रिय नव–प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा डा सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा लक्ष्मीकुमार पराजुली, डा नीरञ्जन कोइराला, डा प्रदीपकुमार पौड्याल, डा रक्षा डङ्गोल, डा अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा बबिता पौडेललाई प्रदान गरियो ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इञ्जिनीयरिङ विभाग, काठमाडौँ विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इञ्जिनीयरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रालि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा टेकप्रसाद गोतामे पुरस्कृत हुनुभएको छ ।

सो अवसरमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रा डा प्रेमनाथ मास्के, प्रा डा भद्रमान तुलाधर, डा सुशीला भट्टराई, डा केदार बुढाथोकी र बिमला मास्केलाई सम्मानित गरिएको थियो । पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताउनुभयो ।

उहाँले हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सातवटै प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सो अवसरमा उपकुलपति श्रेष्ठले बाली विज्ञान शव्दकोष सम्बन्धी पुस्तकको विमोचन पनि गर्नुभयो । कार्यक्रममा नाष्टका सचिव डा महेशकुमार अधिकारीले कोभिड महामारीका कारण अघिल्लो वर्षको पुरस्कार यसवर्ष वितरण गर्नुपरेको बताउनुभयो । नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्र र मुख्य प्राविधिक दीनबन्धु पराजुलीले वैज्ञानिक तथा प्राविधिकको योगदानको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कुलपति शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution