Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन हुँदै

प्रत्यूष २४३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १६, बुधबार (२ साल अघि)
१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन हुँदै

काठमाडौँ,१६ कात्तिक ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९–२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने भएका छन् ।

मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताए ।

‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरू आउने क्रम जारी छ,’ उनले भने । अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा तय तय गरिएको छ । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट पाँचजनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सयजना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे (अस्ट्रेलिया), सचिवालय सदस्यहरू प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरू विनोद श्रेष्ठ (अस्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम (इजरायल) छन् ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्दाप्रति एमाले गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution