Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

प्रत्यूष १०४३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (४ साल अघि)
एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

काठमाडौं, ११ वैशाख। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे ।

सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा हुने पक्का भयो । जसअन्तर्गत १० चैतबाट सुरु भएको पहिलो चरण ३० चैतमा सम्पन्न भयो ।

यसपछि दोस्रो चरण पूर्वी नेपाल पुग्ने गरि महिला लिगले विश्राम पायो । तर, विश्राम समयमा समेत सुदूरपश्चिमको कैलाली, धनगढीमा महिला गोल्डकप हुने भयो । धनगढी रंगशालामा आयोजना भएको पहिलो मुख्यमन्त्री विवाइसी गोल्डकप शनिबार (हिजो) समाप्त भयो ।

चिरपरिचित विभागीय टोली एपीएफ फुटबल क्लबको घरेलु फुटबलमा रहेको दबदबा तोड्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले उपाधिसमेत जित्यो । तर, महिला लिग सकिएको १२ दिन भइसक्दासमेत दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

एन्फाको चार वर्षे कार्यकालका लागि तय ६ असारको चुनाव र स्थानीय तहको चुनाव (३० वैशाख) का कारण महिला लिगलाई प्रत्यक्ष असर गरेको छ । एकातिर एन्फा चुनावका लागि दौडधुप र अर्का तिर आयोजना गर्ने भनेको स्थानीय सरकारको मौनताका कारण महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

‘हाम्रो योजनाअनुसार १५ वैशाखबाट दोस्रो चरण सुरु गर्ने हो । तर, योजनाअनुसार काम हुन पाएको छैन,’ एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का भन्छन् । खड्का अनुसार यही सोमबार र मंगलबार दोस्रो चरणको बारेमा बैठक बस्दै छ । सोही बैठकले आगामी लिगको मिति र तालिका सार्वजनिक गर्नेछ ।

यही बीचमा एन्फाअन्तर्गत रहेका रेफ्री संघ र महिला संघको समेत चुनाव हुँदा महिला लिग प्रभावित बनेको स्रोत बताउँछ । यस्तै स्थानीय आयोजकले चुनावका कारण आयोजनालाई मध्यनजर नगर्दा प्रतियोगिता थकेलिने अवस्थामा पुगेको हो ।

‘एन्फाको महिला संघ र रेफ्रीसंघ चुनावका कारण पनि प्रभावित भएको हो । अहिले सबै यतै (उपत्यका) मा व्यस्त छन् । अर्काे भनेको स्थानीय चुनावका कारण स्थानीय आयोजकले तीव्रता नदिँदा र ‘ओके’ नभनेकाले प्रतियोगिताको अन्योलता थपिएको हो,’ एन्फा स्रोत भन्छ ।

हाल सी र बी डिभिजन मताधिकार र प्रतिनिधि छनोटसँगै जिल्ला निर्वाचन भइरहेको छ । अधिकांश जिल्लाको चुनाव सकिँदा केही विवादमुक्त हुन नसकेका जिल्लाको चुनाव भने बाँकी नै छ ।

यस्तै प्रशिक्षक संघले सर्वसम्मतमा अध्यक्ष पाउँदा, महिला, रेफ्री र खेलाडी संघले समेत सर्वसम्मतमा अध्यक्ष पाउने निश्चित छ । तर शीर्ष पदाधिकारीदेखि नै महिला संघ, महिला कमिटी, रेफ्री संघ चुनावी माहोलमा उत्रिँदा महिला लिगको दोस्रो चरण अनिश्चित बनेको छ ।

यसअघि शारदानगरमा भएको महिला लिगमा सात चरणका खेल सकिएका छन् । जहाँ २८ खेल हुँदा दुई आत्माघाती र ६ ह्याट्रिक सहित १२५ गोल भए । आठ टिम सहभागी लिगमा चोटबाट रिकवरी हुँदै मैदान फर्किएकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) १४ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution