Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले धादिङद्धारा प्रचार डेस्क स्थापना : एमालेमा उत्साहजनक जनलहर आएको लोहनीको भनाई

प्रत्यूष १२७६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
एमाले धादिङद्धारा प्रचार डेस्क स्थापना : एमालेमा उत्साहजनक जनलहर आएको लोहनीको भनाई

धादिङ,१० वैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमाले धादिङको प्रचार डेस्क स्थापना गरेको छ । एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको प्रचार डेस्कको बैशाख १० गते शनिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्धारा संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

जिल्लाको १३ वटै स्थानिय तहको पार्टी चुनावी अभियानलाई प्रचार गर्न डेस्कको स्थापना गरिएको हो । डेस्क मार्फत सौर्य इ–बुलेटिनको प्रकाशन हुने भएको छ । बुलेटिन विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई इ–मेल मार्फत उपलब्ध गराइने विभागले जनाएको छ । पार्टीको प्रचार अभियानलाई व्यवस्थित गर्न र पार्टीको स्थानिय गतिविधि संकलनका लागि विभागले जिल्लाको १३ वटै स्थानियतहमा प्रतिनीधि खटाइएको प्रचार विभागको उपप्रमुख गायत्री खतिवडाले बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले एमालेले स्थानीय तहमा उठाएका उम्मेदवारले उत्साहजनक मत प्राप्त गर्ने बताउनुभएको छ । एमाले प्रतिको जनलहरले गर्दा एमालेलाई कसैले पनि हराउन नसक्ने भन्दै जनताले नजिकबाट सरकारको महसुस गर्न सकिने सरकार स्थानीय तहको सरकार भएकोले जनभावनाको कदर गर्दै यसअघि गरिएका कामलाई हेरेर एमालेलाई जनताले भोट दिने बताउनुभयो ।

यसैगरी एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एमाले कमजोर भए देशमा संकट आउनुको साथै लोकतन्त्र धरापमा पर्ने बताउनुभएको छ । विगतको निर्वाचन पार्टीका लागि हुने गरेकोमा यो पटक राष्ट्रको प्रतिनीधि र परमादेशका पक्षधरहरुका वीच चुनाव हुन लागिरहेको र जनताले एमालेलाई राष्ट्रिय हितको लागि चुनाव जिताउने पनि अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

बाहिर प्रचार गरिए जस्तो नेकपा एमाले कमजोर नरहेकोले बलियो आत्मविश्वासको साथ चुनावी मैदानमा उत्रिन कार्यकर्तालाई अध्यक्ष त्रिपाठीले आव्हान गर्नुभयो । एमाले शक्तिशाली भएको कारण र एमालेको दबाबको कारण मात्रै वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुन लागेको अध्यक्ष त्रिपाठीले दावि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution