Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दसैंभर यस्तो रह्यो उपत्यकाकाे सडक सुरक्षा

प्रत्यूष २८७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २१, शुक्रबार (३ साल अघि)
दसैंभर यस्तो रह्यो उपत्यकाकाे सडक सुरक्षा

काठमाडौँ,२१ असोज ।

उपत्यकामा बडादसैँको फूलपातीदेखि  शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सातजनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार पैदल यात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री बडादसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकाको सवारीसाधन व्यवस्थापनमा दिनरात  नभनी ट्राफिक प्रहरी सडकमा खटेकाले तुलनात्मक रुपमा यस वर्ष धनजनको क्षति कम भएको बताउँछन् ।

काठमाडौँ उपत्यकामा आज सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन भने बालबालिकाका साथ टीका जमरासहित आ–आफ्नो निवास तथा आफन्तजनकहाँ पुग्न  दौडधुप गरिरहेका देखिन्छन् । बडादसैँमा विशेष गरी फलफूलको व्यापार बढेको पाइयो । आफ्ना  मान्यजनको हातबाट टीका थाप्न जाने अधिकांशले गच्छेअनुसार फलफूल बोकेको पाइयो ।

प्रयोगकर्ता बढेका कारण खासगरी ट्याक्सीतर्फ सर्वसाधारणको ध्यान बढी गएको देखिन्छ ।  सडकबजारका प्रमुख चोकमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लने र चढ्ने यात्रुको सङ्ख्या उल्लेखनीय छ । आज बिहान काठमाडौँ उपत्यकाको मौसममा सुधार भए पनि दिउँसोदेखि बादल लाग्नुका साथै सामान्य वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान विभागले आज पनि वर्षा हुने जनाएको छ । विजया दशमीको दिन रातिदेखि बिहीबार दिनभर काठमाडौँ उपत्यकामा झरी परेको थियो । आज दिउँसोसम्म मौसम सफा रहेकाले चहलपहल ह्वात्तै बढेको थियो ।

यहाँबाट बाहिरिनेको तुलनामा काठमाडौँ उपत्यकामा भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्या बढ्न थालेको कलङ्की चोकमा खटिएका ट्राफिक प्रहरी हबल्दार मेखराज खत्रीले जानकारी दिए । वर्षासँगै पहिरोका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडकखण्ड बन्द हुने र खुल्ने/खुलाउने क्रम जारी रहेको बाँडभन्ज्याङ प्रहरी कार्यालयले जनाएको छ ।

यस वर्ष बडादशैँको अवसरमा काठमाडौँ उपत्यकामा सामान्य बाहेक जघन्य एवम् ठूला प्रकृतिका चोरी, लुटपाटका घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution